१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १८:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सूर्य नेपाल प्रिमियर गल्फ : तेस्रो दिन सदभावलाई दुई स्ट्रोकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १८:o६:oo

सूर्य नेपाल गल्फ टुर २०२२–२०२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सदभाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन्।

बिहीबार अन्तिम १८ होलको खेल बाँकी रहँदा सदभावले एकल अग्रता बनाउन सफल भएका हुन्। सदभावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाल्दा समग्रमा १६–अन्डर २०० को सानदार स्कोर बनाउँदै शीर्ष कायम गरेका हुन्।

यस्तै नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे। दोस्रो दिनका संयुक्त लिडर सुवास ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थान हात पारे। प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाँकी छँदा दाबेदारी प्रस्तुत गरेका छन्।

डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे। समग्रमा  ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन्। शुक्र लिडर सदभावभन्दा नौ स्ट्रोकले पछि परिसकेका छन्।

समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्त रूपमा पाँचौँ स्थान बाँडे। आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए। पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २ सय १४ सहित संयुक्त रूपमा आठौँ स्थान बाँडे। पूर्णले ६–अन्डर ६६ र शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सके। ३–ओभर ७५ को स्कोर निकालेका तोरणविक्रम शाही समग्रमा १–अन्डर २ सय १५ सहित १०औँ स्थानमा छन्।

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन्। आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए। युवा गल्फर सदभावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। सुवासले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौँ र नवौँ होलमा एक-एक सट बचाए। छैटौँ होलमा बोगी प्रहार गरे। ब्याक नाइन भने १–अन्डर ३५ मा पूरा गरे। १२ औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गरे पनि १० औँ र १४ औँ होलमा एक-एक सट खेर फाले।

नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे। शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले पहिलो, चौथो, नवौँ, १५औँ र १७ औँ होलमा एक-एक सट बचाए। सातौँ, आठौँ, ११ औँ र १३औँ होलमा बोगी खेपे। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ।