१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने भए गोबरबाहेक केही पाइँदैन : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विगत केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको उनले बताए। उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने टिप्पणी गरे। सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको उनको भनाइ छ।

‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ताजस्ता विषयहरूमा हामीले छलफल गर्‍याैँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ती हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषय हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हाम्रा दलबाट पनि भएका कमी–कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौँ,’ लामिछानेले भने।