१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद डाँगीको प्रश्न– सफाइमा २२ अर्ब खर्च भइसकेको बागमती कहिले सङ्लो हुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

रास्वपा सचेतक निशा डाँगीले बागमती नदीमा भइरहेको सफाइको राजनीति अन्त्य गर्न माग गरेकी छिन्। 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले प्रश्न गरिन्, ‘बागमती र अन्य नदीको नाममा अझ कति वर्षसम्म राजनीति अनि पैसा बगाउने काम हुन्छ यो देशमा ?’

बागमतीलगायत अन्य नदीहरू सहरको दुर्दशा, काठमाडौं उपत्यकावासीको साझा अनुहार भएको उल्लेख गर्दै उनले यसले नेपाली राजनीतिकै अनुहार चित्रण गर्ने जिकिर गरिन् । ‘जसलाई सङ्लो बनाउन निकै कठिन छ इमानदारिता नभएर,’ उनले भनिन्।

पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बागमतीमा बगिसकेको उल्लेख गर्दै सांसद डाँगीले एकातिर नदी सफाइमा बर्सेनि दुई अर्बभन्दा बढी खर्च गरिए पनि खोलानाला जस्ताको तस्तै रहेको गुनासो गरिन्।

खानेपानी ऐनले मलमूत्र खोलामा मिसाए तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच लाखसम्मको जरिवानाको व्यवस्था गरेको स्मरण गराउँदै उनले भनिन्, ‘यो दण्ड जरिवानाको भागीदार को हो ? ढल व्यवस्थापनको जिम्मा लिएका स्थानीय तह, अधिकारसम्पन्न बागमती सभ्यता, एकीकृत विकास समिति कि स्वयं स्थानीय ?’

गुह्येश्वरी, सल्लाघारी, कोड्कु, सुन्दरीघाट, खोकनामा बनाउने भनिएको ढल प्रशोधन केन्द्र, गुहेश्वरीबाहेकको वित्तीय र भौतिक प्रगति हेर्दा डिप्रेसनको सिकार हुने अवस्था रहेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।