१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढ्यो : सञ्चारमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छिन्। 

बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवा बर्बादीको सिकार भइरहेको बताइन्। 

साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको बताउँदै उनले सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थितिसमेत हुने गरेको औँल्याइन्। 

उनले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ता भड्किरहेको बताइन्। नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको उनको भनाइ थियो। 

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताइन्।