१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेस गर्न अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

उच्च अदालत विराटनगरले ओखलढुंगा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाविरुद्ध राहदानीसम्बन्धी सबै कागजात १५ दिनभित्र पेस आदेश गरेको छ।

अमेरिकी नागरिकता परित्यागविनै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अदालतमा रिट निवेदन परेको थियो। सोही निवेदनउपर उच्च अदालत विराटनगरको ओखलढुंगास्थित अस्थायी इजलासले राहदानीसम्बन्धी सम्पूर्ण कागजात १५ दिनभित्र पेस गर्न आदेश गरेको हो। त्यस्तै, अमेरिकी नागरिकता परित्याग गरेको निस्सा पनि १५ दिनभित्र पेस गर्न अदालतले आदेश गरेको छ।

आदेशमा भनिएको छ, ‘विपक्षी गम्बु शेर्पाले अमेरिकी पासपोर्ट प्रयोग गरी नेपाल आउने–जाने गरेको र हाल पनि अमेरिकी नागरिकका रूपमा नेपालमा बसोवास गरेकोसम्बन्धी सम्पूर्ण दस्ताबेज अध्यागमन विभागमा रहेको भन्ने उल्लेख भएको हुँदा सो कागजातहरू अध्यागमन विभागबाट १५ दिनभित्र झिकाउनू। विपक्षीको नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपि र सोसँग सम्बन्धित दस्ताबेज एवं अमेरिकी नागरिकता त्याग गरेको भए सोको निस्सा पेस गरेको दस्ताबेज १५ दिनभित्र झिकाउनू।’

शेर्पा ३० वैशाख ०७९ को स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।