१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज नगरपालिकाद्वारा तोकआदेशका कर्मचारी हटाउने निर्णय

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

राजविराज नगरपालिकाले ऐनविपरीत ज्यालादारीमा नियुक्त गरेका कर्मचारी हटाउने निर्णय गरेको छ। 

यसबारे नयाँ पत्रिकामा निरन्तर समाचार प्रकाशित भएपछि नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत गरेको कर्मचारी भर्ना हटाउने निर्णय गरेको प्रवक्ता जयनारायण मण्डलले जानकारी दिए। 

नगरप्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी थिइन्।