१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार ११:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘पपुलिस्ट’ राजनीति यथास्थिति र व्यापारिक पुँजीवादको पक्षपोषण गर्ने अभियान : महासचिव  पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार ११:३९:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँका नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन्। 

राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई स्पष्ट रूपमा अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही पपुलिस्टहरू राजनीतिको विकल्पको रूपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजीवादको पोषण पक्षधर रहेको बताएका हुन्। 

नयाँको नामबाट सुरु भएका राजनीतिक दलहरू यथास्थितिवादलाई पोषण गर्नेबाहेक अन्य ठोस आधार र धरातल नभएको बताए। महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरे पनि समाज परिवर्तनको आकांक्षाहरूलाई सम्बोधन गर्न र समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने दाबी गरे। 

समाजमा कुनै एउटा क्षेत्रबाट ख्यातिप्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहोर्‍याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनको ठम्याइ छ।

उनले भने, ‘नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन् । न त उनीहरूको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोचहरू रहेका छन् । न त उनीहरू समाजलाई नीतिगत रूपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडि बढ्न खोजिरहेका छन् । विशुद्ध रूपमा उनीहरू नयाँ र पुरानोको भाष्य खडा गरीकन हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रस्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस गरिरहेका छन् । नयाँको नाममा सुरु भएको पलुलिस्ट जुन प्रकारको राजनीति छ, यो राजनीति भनेको यथार्थतामा भन्नुहुन्छ भने यथास्थितिवादलाई पोषण गर्ने कुरा मात्रै हो । व्यापारिक पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो । दलाल नोकरशाही पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो । समाजलाई परिवर्तनको दिशातर्फ, समृद्ध समाजतर्फ अगाडि बढाउने हो भने हामीले कुन प्रकारका नीतिका आधारमा समाजलाई त्यो बाटोमा अगाडि बढाउने भन्ने प्रश्नका सन्दर्भबारे नीतिगत बहस गर्नैपर्छ । वैचारिक बहस गर्नैपर्छ।’ 

उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशा विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए। राजनीतिक दलहरूले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न नहुने दाबी गरे।