१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २५ बिहीबार १०:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हल्ट प्राइज प्रतियोगितामा भाग लिन सफ्टवेरिकाका विद्यार्थी मेलबर्नमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २५ बिहीबार १०:४२:००

सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सका विद्यार्थीले अस्ट्रेलियामा भइरहेको हल्ट प्राइज २०२२/२३ को प्रतियोगितामा आफ्नो अवधारणा प्रस्तुत गरेका छन् । कलेजले सामाजिक उद्यमशीलतालाई बढवा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेर विजेता पाँचजना विद्यार्थीको समूहलाई मेलबर्न पठाएका हो । 

क्याम्पसमा भएको प्रतियोगितामा ३० भन्दा बढी टोलीले सहभागिता जनाएको र विजेता एक टोलीलाई मेलबर्नमा सहभागी हुन पठाइएको कलेजले जनाएको छ । सहभागी ३० वटै टोलीलाई १० भन्दा बढी नेपाली उद्यमीले परामर्श र सल्लाह प्रदान गरेको जनाइएको छ । कठोर मूल्यांकन प्रक्रियापछि, पाँचजना सहभागी टोली अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्दै फाइनल विजेता बनेको कलेजले उल्लेख गरेको छ । 

प्रतियोगितामा सहभागी हुन जाने विद्यार्थीको टोलीमा स्वप्निल विष्टको नेतृत्वमा वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी रहेको जनाइएको छ । उक्त प्रतियोगितामा उनीहरूले मेलबोर्नलगायत विश्वभरका विभिन्न १२ स्थानमा आयोजित क्षेत्रीय शिखर सम्मेलनको विजेता टोलीबीच आफनो अवधारणा प्रस्तुत गरेको कलेजले जनाएको छ । उक्त मञ्चमा उनीहरूले ‘द ढाका प्यालेट’को नाममा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेको जनाइएको छ ।

उनीहरूको भिजनमा परम्परागत ढाका फेब्रिकलाई कृत्रिम बौद्धिकता प्रविधि (एआई टेक्नोलोजी)को प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने प्रस्तुति दिएको जनाइएको छ । विचारलक्षित बजारलाई अप साइक्लिङ र रिसाइक्लिङजस्ता सेवा प्रदान गर्न बाटो विस्तार गर्ने उनीहरूले प्रमाणित गर्ने प्रयास गरेका थिए । उनीहरूको पहलको सिर्जना परम्परा, सशक्तीकरण र दिगोपनाप्रतिको गहिरो श्रद्धाबाट भएको कलेजले जनाएको छ । 

कार्यक्रमले विद्यार्थी, उद्यमी र सल्लाहकारको विविध समूहलाई नवीन, सामाजिक र उद्यमशिलता विचारको प्रयोगका साथ विश्वव्यापी चुनौतीको सामना गर्न एकसाथ लिएर आएको कलेजको भनाइ छ । यस कार्यक्रमका, विजेता टोलीले आफ्नो सामाजिक उद्यम सुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न बिजपुँजी (सिड फन्डिङ)बापत १० लाख अमेरिकी डलर प्राप्त गर्ने कलेजले जनाएको छ । यस कार्यक्रमका लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै व्यहोरेको र विद्यार्थीलाई अतिरिक्त भार नपारेको कलेजको भनाइ छ ।