१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Sunday, 23 June, 2024
२o८o जेठ २५ बिहीबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार o६:१५:oo

एक महान् योद्धा थिए । एक दिन उनी एक महान् सन्तसित भेटघाट गर्न उनको आश्रममा गए । सन्त प्रार्थनामा लीन थिए । एकैछिनको प्रतीक्षापछि सन्तसित उनको भेट भयो । उनले सन्तसित भने– महाराज, म आफूलाई निकै कमजोर, दीनहीन महसुस गरिरहेको छु । मैले कैयौँपटक मृत्युलाई अत्यन्त नजिकबाट देखेको छु ।

मैले जहिल्यै दुर्बलहरूको संरक्षण गरेको छु । तर, आज तपाईंलाई ध्यानमग्न देख्दा मलाई आफू हुनु र नहुनुको कुनै अर्थ नभएजस्तो लागिरहेको छ । यस्तो किन भइरहेको छ ? सन्तले उनलाई एकछिन प्रतीक्षा गर्न लगाए र अन्य आगन्तुकसित भेटघाट गरी उनीहरूलाई बिदा गरे । यति गर्दा साँझ छिप्पिसकेको थियो ।

सन्तले योद्धालाई बगैँचामा लगे । पूर्णिमाको रातमा पूर्णचन्द्र मुस्कुराइरहेको थियो । सन्तले प्रश्न गरे– चन्द्रमा निकै सुन्दर छ हगि ? योद्धाले जवाफ दिए— हो नि, यसमा कुनै शंकै छैन । सन्तले भने– चन्द्रमा रातको समयमा समस्त धर्तीलाई प्रकाशित गरी बिहान अस्ताउँछ र सूर्यको जाज्वल्यमान प्रकाशसामु चन्द्रमाको कुनै जोर चल्दैन । यो हामी सबैले जानी आएकै कुरा हो । तर, मैले कहिल्यै चन्द्रमाले म सूर्यजति चम्किन किन सकिनँ भनेर कुनै गुनासो गरेको सुनेको छैन । 

सन्तको भनाइ सुनेर योद्धाले भने– सूर्य र चन्द्रमाको आआफ्नै सौन्दर्य छ । दुवैको तुलना हुनै सक्दैन । सन्तले मुसुक्क मुस्कुराउँदै भने– यही तिम्रो प्रश्नको उत्तर हो । हामी दुवै अलग–अलग हौँ । हामी दुवै आआफ्नो कर्ममा निरन्तर अघि बढिरहेका छौँ । तिमीले कुनै हीनताबोध गर्नु जरुरी छैन । सबै आआफ्नो काम र ठाउँमा विशेष हुन्छन् । चिन्ता त्यागिदेऊ । योद्धाको मन शान्त भयो । उनी सन्तलाई प्रणाम गरेर घर फर्किए ।

ad
ad
ad
ad