१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१o:oo

चिनियाँ र नेपाली मिलेर अवैध रूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन्। 

ललितपुरको महालक्ष्मी नगरपालिका– ५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल-एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका– १६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ छन्।

ललितपुर महालक्ष्मी नगरपालिका– ५ टीकाथली खरिबोटमा गैरकानुनी रूपमा शंकास्पद गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो।
 
सोही क्रममा खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रूपमा कल तथा एसएमएस बाइपास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

उनीहरूको साथबाट एनसेलको प्रयोग गरेका र नगरेका सिम मात्रै तीन हजार सात सय थान बरामद गरिएको छ। यस्तै, झन्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न मुलुकका पैसा पनि बरामद गरिएको छ। उनीहरूउपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट बुधबार म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ। रासस