१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेफ्टी ट्यांकीको फोहोर मनोहरा खोलामा फाल्नेमाथि ललितपुर महानगर प्रहरीद्वारा कारबाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१६:oo

उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्यांकीको फोहोर ल्याएर ललितपुर महानगरपालिकाको च्यासलस्थित मनोहरा खोलामा फाल्ने सवारीसाधनलाई ललितपुर महानगर प्रहरीले नियन्त्रणमा लिएको छ। 

बुधबार बा. ३ख २८० नम्बरको कन्टेनरसहित ज्योति श्रेष्ठ र खोलामा फोहोर फाल्ने धन्दा चलाउँदै आएका दुर्गेश तामाङलाई नियन्त्रणमा लिएको हो। तामाङ र श्रेष्ठलाई कागज गरी छाडिएको तथा गाडी नियन्त्रणमा लिइएको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। उनका अनुसार खोलामा सेफ्टी ट्यांकीको फोहोर फाल्नेलाई कानुनअनुसार ५० हजारदेखि एक लाखसम्म जरिवाना गराइनेछ। 

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टिबाट ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए। त्यसबापत प्रतिकन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीको फोहोर फाल्न दिने गरेको हाछेथुले जानकारी दिए। 

तामाङले खोलामै सेफ्टी ट्यांकीको फोहोर फाल्दा मनोहरा दुर्गन्धित बनेको छ। ‘दैनिक १५–२० कन्टेनरसम्म दुर्गन्धित फोहोर खोलामा फाल्ने रहेछन्,’ उनले भने, ‘थाहा नपाउने गरी खोलामा फोहोर फाल्ने र ढुवानी गर्नेलाई हामीले कारबाही गर्छौं, काठमाडौंको फोहोर यसरी ललितपुरमा ल्याएर फाल्न पाइँदैन।’ 

तामाङले बुढानीलकण्ठ, लेले, सिद्धिपुर, चापागाउँ, सीतापाइला, सतुंगललगायत क्षेत्रमा सेफ्टी ट्यांकी सफा गरेको फोहोर यहीँ ल्याएर फाल्दै आइरहेका थिए।