१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीले रोपे चन्दननाथको शेराज्युलोमा मार्सी  [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिरको शेराज्युलोमा मार्सी धान विद्यार्थीले रोपेका छन्। 

यसको १/२ दशकअघि गाउँ-गाउँबाट हली, रोप्नेरी र जोत्ने गोरु नै ल्याएर शेराज्युलो रोपाइँ हुने गरेको थियो। तर, पछिल्लो समय यो संस्कार हराउँदै गएपछि स्कुल-स्कुलबाट विद्यार्थी गुहारेर रोप्ने गरिएको हो। 

परापूर्वकालदेखि नै चन्दननाथ भैरवनाथ गुठी समितिले शेराज्युलोमा जेठ १४ गते रोप्दै आए पनि यसपटक जेठ २४ गते रोपिएको हो।

चन्दननाथ भैरवनाथ गुठी समितिका कोषाध्यक्ष नवराज श्रेष्ठका अनुसार यसपटक पानी र बिउको अभावले १४ गते हुने रोपाइँ  २४ गते भएको हो। चन्दननाथ बाबाको शेराज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ।

शेराज्युलोमा मार्सी रोपाइँको लागि चन्दननाथ नमुना मावि र रत्नचुडेश्वर माविका विद्यार्थीसहित स्थानीय महिलाले रोपेका छन्। चन्दननाथ नगरपालिका –५ वडाध्यक्ष वृर्खबहादुर कार्कीले जिल्ला विषादीमुक्त भएको जिल्ला भएकाले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए।

उनले भने, ’हामी कर्णालीवासी कृषिमा निर्भर छौँ। हामीले आयातीत खाद्यान्नको भरपर्नुहुँदैन।’ उनले बजारमा भित्रिएको खाद्यान्नले रोगी बनाएको भन्दै महिला दिदीबहिनीलाई स्थानीय बाली उत्पादनमा जोडन आग्रह गरेका छन्। उनले भने, ‘जुम्लामा फल्ने मार्सी धानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ।’

त्यस्तै, शेराज्युलो रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरिन्छ। जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्ददनाथको शेराज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको कमलादेवी देवकोटाले बताइन्।

त्यस्तै, चन्दननाथ मावि स्कुलका शिक्षिका लक्ष्मी रावलले शेराज्युलो रोप्न सहयोग गर्नका लागि १५० जना छात्रा आएको बताइन्। उनले भनिन, ‘कक्षा ९ र १० मा अध्ययनरत छात्रालाई ल्याइएको हो। प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको शेराज्युलोमा मार्सी धान सबैको सहयोगमा रोपिँदै आएको छ।’