१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
गणेश लम्साल विराटनगर
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिचानवादीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

कोसी प्रदेश सरकारले पहिचानवादीहरूसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन  गरेको छ। 

एक नम्बर प्रदेशको नाम कोसी प्रदेश नामकरण भएपछि असन्तुष्ट रहेका पहिचानवादीहरूसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको हो।

वार्ता समिति सदस्यहरूमा कृषि र भौतिक योजनामन्त्री तथा सरकारका प्रवक्त्ता भक्ति सिटौला अनि सामाजिक तथा पर्यटनमन्त्री  बुद्धिकुमार राजभण्डारी छन्।

१७ फागुनमा प्रदेश सभाको दुईतिहाई बहुमतबाट कोसी प्रदेश नामकरण भएपछि पहिचान पक्षधरले पुनः नामकरणको माग राखी आन्दोलन गर्दै आएका छन्। आन्दोलनका क्रममा एक आन्दोलनकारीको मृत्यु भएको थियो भने दर्जनौँ प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।

पहिचानवादीसँग वार्ता समिति बनाउन अटेर गरेको भन्दै माओवादी केन्द्रले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। विपक्षी दल कांग्रेसले पनि पहिचान पक्षधरहरूसँग वार्ता गर्न सरकारलाई आग्रह गर्दै आएको थियो।