१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगु  हिउँपहिरोमा बेपत्ता तीनजनाकाे ३२ दिनपछि शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

हिउँपहिरोमा बेपत्ता भएका तीनजना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्।

मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२  तल्फी गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका– २ च्यार्खुलेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए।

बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकाेप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए। ‘बेपत्ता भएकाको तीनैजनाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल ल्याएका छाैँ,’ उनले भने।

शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाई दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले जानकारी दिए।