मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २४ बुधबार ११:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालमा नि:शुल्क पार्किङको व्यवस्था मिलाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २४ बुधबार ११:२४:००

उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरूमा नि:शुल्क सवारीसाधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै जागरण अभियानले एउटा बिरामीबाट एकपटकमा उपचारका नाममा लाखौँ रकम असुल्ने अस्पतालहरूले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल नि:शुल्क व्यवस्था गर्न माग गरेको हो ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा सरकारले लागू गरेको स्वास्थ्य बिमा सहज नहुँदा उपभोक्ताले दु:ख पाएको भन्दै त्यसलाई सहज गर्न पनि माग गरिएको छ ।

त्यस्तै सुर्तीजन्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा असर गरेको विषयमा पनि उपभोक्ता जागरण अभियानले मन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले जानकारी दिए । 

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले अस्पतालहरूले अनिवार्य रूपमा एक सय पाँच १० प्रतिशत शय्या विपन्न, असहाय  र बेवारिसे  बिमारीलाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको भन्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा आफ्नो ध्यानाकर्षण हुनुको साथै कार्यान्वयनमा तत्काल लैजाने आश्वासन दिए । 

यसैगरी जागरण अभियानले खानपिनका कारण संक्रामक रोगबाट उपभोक्ता पीडित बनिरहेको सम्बन्धमा पनि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । 

बजारमा सडेको मासु बिक्री हुने गरेको, विभिन्न केमिकल प्रयोग गरी पकाएका फलफूल र त्यसबाट बनेका जुसलगायतका पेय पदार्थ पिउँदा क्यान्सरसम्म लाग्ने गरेको भन्दै त्यस्ता वस्तु बिक्री–वितरणमा रोक लगाउन अभियानले माग गरेको छ ।