१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खप्तड पुगेर रामदेवले भने- प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

भारतीय धार्मिक गुरु रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको बताएका छन्। 

खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले उनी वास्तविक कम्युनिस्ट भएको दाबी गरे। 

उनले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताए। उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ।’ 

यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानुपर्ने बताए। 

प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको उपस्थिति छ। सम्मेलन तीन दिनसम्म चल्नेछ। 

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा सम्मेलनको आयोजना गरिएको हो।

खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ। आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताए। 

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तडबाबाको कुटीजस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ। 

विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, तीन सय ७२ प्रजातिका वनस्पति र एक सय ३० थरीका जडीबुटीले भरिपूर्ण छ। समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्गकिलोमिटरमा फैलिएको छ।