
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट मुर्रा भैँसी ल्याउने सात वर्षअघि नै सहमति भएको बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उनले यसको कार्यान्वयन भ्रमणका क्रममा भएको बताएका हुन्।
उनले भने, ‘सात वर्षअघि भएको सहमति अहिले भयो। तर, मलाई नै भैँसीमाथि चढाएर हिँडाएका रहेछन्। कार्यान्वयन मात्र अहिले भएको हो।’