१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्यधिक गर्मीसँगै सुक्न थाले चापाकल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

तराई–मधेसका जिल्लामा अहिले अत्यधिक गर्मी बढेपछि खानेपानीको अभाव हुन थालेको छ। खानेपानीको मुख्य स्रोत चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या हुन थालेको हो। 

जेठ सुरु भएलगत्तै चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको स्थानीयवासीले बताएका छन्। तराई–मधेसमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीय पानीको खोजीमा बाल्टी र बोतल लिएर घुम्ने अवस्था आएको छ। 

अहिले बारा–पर्साका अधिकांश गाउँको दक्षिणी भेगमा पानीको समस्या देखिएको छ। यस्तै वीरगन्ज महानगरको सहरी र ग्रामीण क्षेत्रमा समेत चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारण कठिनाइमा परेका छन्। 

१५–२० वर्षअगाडिसम्म एक सय ५० फिटको गहिराइमै जडान गरिएका चापाकलमा सहजै पानी आउने गरेको स्थानीयवासी बताउँछन्। बाराको परवानीपुर गाउँपालिका- ३ निवासी अदेश यादवका अनुसार अत्यधिक गर्मीका कारण अहिले तीन सय फिटको गहिराइमा जडान भएको चापाकलमा पनि पानी आउन समस्या भएको छ। 

चापाकल सुक्न थालेपछि विद्युतीय मोटरले समेत पानी तान्न छोडेको वीरगन्जका सन्दीप बस्नेतले बताए। उनका अनुसार मोटरले पनि तान्न छोडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर घुम्नुपर्ने अवस्था आएको छ।

‘दिनको समयमा मोटरले पानी तान्न छोडेको छ, मध्यरातमा मोटर चलाउँछौँ। तर, छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन,’ बस्नेतले भने।

चुरे जंगलको फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरूको भनाइ छ। पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रूपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरू बताउँछन्।