मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २१ आइतबार ०७:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेले संसदमा प्रधानमन्त्रीसँग जवाफ माग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २१ आइतबार ०७:३३:००

प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग्ने भएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको एमालेको ठहर छ । ‘हाम्रो सीमा समस्याका बारेमा बोल्न सक्नुभएन । फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमि दिन तयार छौँ भन्ने गैरजिम्मेवार, राष्ट्रहितविपरीत अभिव्यक्ति दिनुभयो । त्यसले देशको गरिमामा आँच आएको छ । सिंगो नेपाली जनताको शिर निहुरिएको छ । यो विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्छौँ,’ बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले भने ।

उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा देशहितको विषय उठान गर्न नसकेको दाबी पनि गरे । प्रधानमन्त्रीले संसद्मा उठाएका विषय भारत भ्रमणमा नउठाएको उनको दाबी छ ।