१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
विराटनगर–जोगबनी नाकामा रहेको संयुक्त भन्सार जाँचचौकीमा बिहीबार आइपुगेको भारतीय मालवाहक रेल ।
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १९ बुधबार o७:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१२ वर्षपछि विराटनगर–जोगबनी कार्गो रेलसेवा सुरु

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१२:oo

आइसिपीसम्म मालवाहक रेल सुरु भएपछि व्यवसायीले दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने, नेपालतर्फ मुआब्जा विवाद कायमै 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि विराटनगर–जोगबनी संयुक्त भन्सार नाकामा मालवाहक रेल सेवा सुरु भएको छ । दुई देशका प्रधानमन्त्रीले बिहीबार दिल्लीमा संयुक्त रूपमा उद्घाटन गरेसँगै विराटगर–जोगबनी नाकामा रहेको संयुक्त भन्सार जाँच चौकीसम्म भारतीय मालवाहक रेल सेवा सञ्चालनमा आएको हो ।

बिहारको बथनाहदेखि मोरङको कटहरीसम्म मालवाहक रेलसेवा सञ्चालन हुने परियोजना भए पनि जग्गा मुआब्जा विवादले नेपालतर्फ रेलमार्ग र स्टेसन निर्माण हुन सकेको थिएन । जसकारण कोसी प्रदेशका उद्योगी व्यापारीले संयुक्त भन्सार जाँचचौकीसम्म भए पनि मालवाहक रेल सञ्चालन गर्न नेपाल र भारत सरकारसमक्ष पटक–पटक माग गर्दै आएका थिए ।

नेपालतर्फ सरकारले रेल्वे परियोजनाका लागि एक सय १९ बिघा जमिन अधिग्रहण गरेको थियो । तर, महेशपुरमा २१ बिघा जग्गाको मुआब्जामा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् ।

भारत सरकारको सहयोगमा बथनाहबाट विराटनगरको कटहरीसम्म मालबाहक रेल ल्याउने योजना छ । तर, नेपालतर्फको ढिलासुस्तीले गर्दा परियोजना अझै अधुरै छ । भारतले आफ्नोतर्फ बथनाहबाट नेपालको भेडियारीस्थित संयुक्त भन्सार जाँच चौकी (आइसिपी) सम्म रेलमार्ग विस्तार गरी रेल स्टेसन निर्माण गरेर पाँच वर्षअघि नै परीक्षण गरिसकेको थियो । तर, नेपालतर्फ जग्गा अधिग्रहणको समस्याले गर्दा कटहरीसम्म अझै रेलमार्ग विस्तार हुन सकेको छैन ।

बथनाह–कटहरी रेलमार्ग पूर्ण रूपमा विस्तार भएर सञ्चालन नहुँदा कोसी प्रदेशका उद्योगी व्यापारीहरू सीमावर्ती भारतीय सहर जोगबनीस्थित रेल्वे स्टेसनबाटै मालसामान ढुवानी गरेर भन्सारसम्म ल्याएर जाँचपास गराउन बाध्य थिए । सोझै आइसिपी (संयुक्त भन्सार जाँच चौकी) सम्म मालबाहक रेल सुरु भएपछि अब दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने उद्योगी व्यापारीहरूको भनाइ छ । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेल लाइन आइसिपीसम्म जोडिए पनि कार्गो रेल सुरु नहुँदा जोगबनी स्टेसनबाटै कारोबार गर्नुपरिरहेको, तर अब कारोबारमा सहजता आउने बताए । संयुक्त भन्सार जाँच चौकी भारतको जोगबनी र नेपालतर्फ विराटनगर महानगरपालिकाको बुधनगरस्थित भेडीयारीमा निर्माण भएर सञ्चालन भइरहेको छ । भारतले नेपालतर्फ भेडीयारीमा रेल्वे मार्गसँगै स्टेसन (गोदाम) पनि निर्माण गरिदिएको छ ।

सम्झौताअनुसार सन् २००९ जनवरीदेखि निर्माण कार्य दुवैतर्फ सुरु गरेर सन् १०१४ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर, विभिन्न कारणले गर्दा परियोजनमा ढिलाइ भएपछि सन् २०१७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भारतले निर्माण कार्य सकेपछि सन् २०१८ नोभेम्बरमा बथनाहदेखि बुधनगरसम्म रेल सेवाको सफल परीक्षण पनि गराएको थियो । नेपाल–भारत सहयोगमा सञ्चालन भइरहेको रेल्वे परियोजनाअन्तर्गत भारतको बथनाहदेखि विराटनगर १८ बुधनगरसम्म १० किमि र बुधनगरदेखि मोरङको कटहरी गाउँपालिका– १ महेशपुरसम्म आठ किलोमिटर दूरीमा रेलमार्ग अझै निर्माणाधीन अवस्थामा छ । 

भारततर्फ पाँच वर्षअघि नै निर्माण सम्पन्न भए पनि नेपालतर्फ जग्गा मुआब्जा विवादका कारण रेल्वे परियोजना अगाडि बढ्न सकेको छैन । नेपालतर्फ सरकारले रेल्वे परियोजनाका लागि एक सय १९ बिघा जमिन अधिग्रहण गराएको थियो । तर, महेशपुरमा २१ बिघा जग्गाको मुआब्जामा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् । जसले गर्दा रेल सेवा सञ्चालनमा ढिलाइ भइरहेको छ । 

भारत बिहार राज्यको अररिया जिल्लाको बथनाह चोकदेखि नेपालको कटहरीसम्म आइपुग्नुपर्ने ब्रोडगेज रेलमार्ग विराटनगर– १८ स्थित बुधनगर (भेडीयारी) सम्म पाँच किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । तर, मुआब्जा विवादकै कारण नेपालतर्फको १३ किलोमिटर दूरीको निर्माण कार्य अझै सम्पन्न भएको छैन । भारतले आफ्नोतर्फ काम सम्पन्न गरेको पाँच वर्ष बितिसिक्दा पनि नेपालतर्फ भने जग्गाको मुआब्जा विवाद समाधान नहुँदा कटहरी गाउँपालिकाको महेशपुरमा प्लेटफर्म र गोदाम घर निर्माण गर्न र रेल्वे ट्र्याक बिछ्याउन बाँकी नै छ ।

ad
ad