Skip This
भारतीय नयाँ नक्साकाे विराेधमा बागमती प्रदेश सभामा संकल्प प्रस्ताव पेस 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १७ बुधबार १५:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय नयाँ नक्साकाे विराेधमा बागमती प्रदेश सभामा संकल्प प्रस्ताव पेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १५:२८:oo

भारतको नवनिर्मित संसद् भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेस भएको छ। 

बैठक निर्धारित समयभन्दा दुई घन्टा ढिला गरी सुरु भएको छ। आजको पहिलो बैठकमा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले संकल्प प्रस्ताव पेस गरेका छन् । उनले पेस गरेको संकल्प प्रस्ताव बैठकले सर्वसम्मत पास गरेको छ।

संकल्प प्रस्तावमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, माओवादीका रत्नप्रसाद ढकाल, राप्रपाकी कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र हाम्रो नेपाली पार्टीका सुरेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।

यसअघि प्रदेश सभा नियमावली, २०७४ को परिच्छेद १३ बमोजिम प्रदेश सभा बैठकमा संकल्प प्रवस्ताव पेस गर्न सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरिएको थियो।

आजै बस्ने प्रदेश सभाको दोस्रो बैठकमा जेठ १४ गते प्रदेश सभामा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। संकल्प प्रस्ताव सर्वसम्मतिले पास भएसँगै प्रदेश सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।