Skip This
साढे ६ अर्बको बजेट ल्याउने  तयारीमा ललितपुर महानगर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साढे ६ अर्बको बजेट ल्याउने  तयारीमा ललितपुर महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२o:oo

ललितपुर महानगरले करिब साढे ६ अर्बको बजेट ल्याउने तयारी गरेको छ । महानगरले गत वर्षको भन्दा बजेटको आकार घटाएर ल्याउन लागेको हो ।

महानगरले मंगलबार आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा जिल्लाका सांसदबीच छलफल गरेको थियो । कस्तो बजेट ल्याउने, कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने र के–के विषयमा बजेट वृद्धि गर्ने भन्न्नेबारे छलफलका लागि बैठक आयोजना गरिएको महानगरले जनाएको छ ।

छलफलमा ललितपुर–१ का सांसद उदयशमशेर राणाले स्थानीय तहको बजेटले स्थानीय समस्यालाई समेट्नुपर्ने सुझाव बताए । उनले महानगरभित्र सार्वजनिक जग्गा अतिक्रमण बढेको र पार्किङसम्बन्धी समस्याप्रति चासो दिनुपर्ने बताए ।

ललितपुर–३ की सांसद तोसिमा कार्कीले महानगरले युवालक्षित पार्टटाइम रोजगारमुखी बजेट ल्याउन आवश्यक रहेको बताइन् । एक घर एक रोजगारीको अवधारणालाई कार्यान्वयन गर्ने योजना ल्याउनुपर्ने धारणा राखिन् ।

‘महानगरको वडा नम्बर १४ मा रहेको उमामहेश्वर स्वास्थ्य सेवा केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकमा भएका स्वास्थ्य उपकरण वर्षौँदेखि प्रयोगविहीन छन्, वडामा रहेको स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था छैन,’ उनले भनिन्, ‘यसबारे महानगरले चासो दिनुपर्‍यो ।’ उनले वडामा चिकित्सकको व्यवस्था गर्दा सामान्य शल्यक्रिया र औषधि उपचारका लागि पाटन अस्पताल नै धाउनुपर्ने बाध्यता हट्ने बताइन् ।

ललितपुर–२ का सांसद पे्रम महर्जनले नागरिकले अनुभव गर्न सक्ने गरी विकास गतिविधि हुनुपर्ने र तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । महानगरभित्र धेरै कृषिजन्य जमिन रहेको र ती जमिनको उपयोग गरेर उत्पादन कृषि उत्पादन बढाउने योजना प्राथमिकतामा रख्न अनुरोध गरे । ‘यसले आयातलाई रोक्छ, आत्मनिर्भर बनाउँछ,’ उनले भने, ‘महानगरमा सार्वजनिक जग्गा अतिक्रमण संरक्षणमा महानगरले प्राथमिकता दिनुपर्छ ।’