मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १६ मंगलबार १८:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषि उपाधिबाट सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १६ मंगलबार १८:३७:००

संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान गरिएको छ। दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन संघले डा. गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान गरेको हो।

त्रिवेणी धाम भएको श्रीमद् देवीभागवत् नवाह ज्ञान महायज्ञमा डा. गुरुङलाई संघले उक्त उपाधिबाट सम्मान गरेको हो। उनी यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी र सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट विभूषित भइसकेका छन्।

उनलाई इतिहास, धर्म, दर्शन, संस्कृति, भाषा, साहित्य तथा कला वास्तुकलाको ज्ञाता मानिन्छ। महायज्ञको मुख्य वाचकका रूपमा संस्कृतविद् विदुषी प्राध्यापक डा. कान्ता भट्टराई सहभागी थिइन्। महायज्ञको सुरुवात भने डा. गुरुङले नै गरेका थिए।

महायज्ञ गत ७ जेठबाट सुरु भएर १५ जेठमा समापन भएको थियो। चरणावती धामस्थित ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्ने उद्देश्यले महायज्ञ लगाइएको थियो। महायज्ञमा एक करोड रुपैयाँ नगद र एक करोड जिन्सी भेटीका रूपमा संकलन भएको समाजसेवी सोभित उप्रेतीले बताए।

महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत प्राप्त झन्डै तीन करोड रुपैयाँको लागतमा संघले धाममा ज्येष्ठ नागरिक सेवा केन्द्रका आवश्यक भवन बनाइसकेको छ। भवनमा १६ वटा आवास कोठा, सुविधा सम्पन्न भान्सा कोठा, तीनवटा सभा हल, पाँचवटा शौचालय बनेका छ। दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ चरणावती धामस्थित चरणावती सामुदायिक वनको ४० रोपनी खाली पर्ती जग्गामा भवन निर्माण गरिएको छ।

चरणावती धाममा त्रेतायुगमा राम–सीताको पाइला परेको जनविश्वास छ। वनवासमा रहेका वेला आयोध्याबाट राम–सीता चरणावती आएका थिए। वनवासका वेला राम–सीताले खाना पकाउने गरेको चुल्हो अझै पनि धाममा सुरक्षित रहेको छ। त्यस्तै, चामलको चौलानी  बगाएको खोला, सीताको पाइला परेको ढुंगा पनि धाम रहेको स्थानीयको भनाइ छ।

त्यस्तै, चरणावती धामलाई श्रृंगी ऋषिको वासस्थानका रूपमा पनि चिनिन्छ। त्रेता युगामा राजा रामको राज्याभिषेकका वेला श्रृंगी ऋषिलाई अयोध्या लगिएको थियो। त्यस वेला ऋषि अँधेरी खोलाको शिरमा तपस्या गरिरहेका थिए। पछि उनको तपस्या स्थल हेर्न राजा राम र सीता चरणावती आएको र सोही धाममा बास बसेको किंवदन्ती छ।