१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दललाई प्रचण्डको ब्रिफिङ- सरकार ढले पनि भ्रष्टाचार नियन्त्रणमा सम्झौता गर्दिनँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताएका छन्। 

मंगलबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बजेट कार्यान्यवयनमा जोड दिँदै डिफेन्स गरेर जाने ब्रिफिङ गरेका छन्। 

उनले सांसद विकास कोष आफ्नो योजना नभए पनि बाध्यता भएको बताए। एक अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले सरकार ढल्ने अवस्था आए पनि भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। 

साथै, उनले बुधबारदेखि सुरु हुने भारत भ्रमणबारे संसदीय दललाई जानकारी गराउँदै उनले भने, ‘भ्रमणमा सकेजति राम्रो गर्ने हो। नसके केही नगर्ने तर सकरात्मक सम्भावना छ। राम्रो सन्देश जाने गरी बल गर्दै छु।’