१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौर र दरबार हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर र दरबार हत्याकाण्डलगायतको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन्।

मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनिती गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ।

‘मैले भनेको छु, ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनिती गरिन्छ। ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंका छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले बुधबारबाट हुने आफ्नो भारत भ्रमणका क्रममा सिमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विद्युतको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धतासमेत जनाए।