मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १६ मंगलबार १०:४३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान विजयी

Read Time : < 1 मिनेट
२०८० जेठ १६ मंगलबार १०:४३:००

टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । टर्कीको झन्डा फहराउँदै उत्साही समर्थकको ठूलो भिडलाई सम्बोधन गर्दै उहाँले राष्ट्र र जनतालाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्‍यौँ । म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’ ‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा आठ करोड ५० लाख नागरिक हुन्,’ उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने । उता निर्वाचितमा पाराजित प्रतिद्वन्द्वी किलिचदारोग्लुले राजधानी अंकारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा ‘वास्तविक प्रजातन्त्र’ नआएसम्म लडाइँ जारी राख्ने बताएका छन् ।