१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:१२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सगरमाथा दिवसको अवसरमा पदयात्रा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

१६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न संघ–संस्थाको आयोजनामा ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको छ ।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलगायतको सहभागिता थियो ।

पदयात्रामा नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), होटेल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायत संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पहिलोपटक सफल आरोहण गरेको अवसरमा नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै आइएको छ । सगरमाथाको चुचुरोमा पाइला राखेको सोमबार ७० वर्ष पूरा भएको छ ।

सन् १९५३ मे २९ तारिखमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा मानव पाइला राखेका थिए ।