Skip This
बजेटले न समस्या चिन्याे न समाधान दियो : पूर्वअर्थमन्त्री विष्णु पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
कमलराज भट्ट काठमाडौं
२o८o जेठ १५ सोमबार २o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटले न समस्या चिन्याे न समाधान दियो : पूर्वअर्थमन्त्री विष्णु पौडेल

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार २o:४३:oo

एमाले सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकका समस्या चिन्न र समाधान दिन नसकेको प्रतिक्रिया दिएका छन् । 

नयाँबानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले चलनचल्तीका कार्यक्रमहरूको घोषणाबाहेक अररू केही हुन नसकेको बताए । 

‘बजेटले मुलुकका समस्यालाई चिन्न सकेन । समाधान दिन सकेन । चलन चल्तीका कार्यक्रमको घोषणाबाहेक अरू केही हुन सकेन,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले आमजनतामा आशा उत्साह दिन सकेन ।’ 

उनले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई समाधान दिन बजेट असफल भएको बताए । ‘अर्थतन्त्र जुन संकटको अवस्थामा छ, बन्दीमा छ यो सच्याइलाई बुझेर जुट हाइटबाट समाधान दिनुपर्थ्याे, त्यो दिन सकेन,’ सांसद पौडेलले भने ।  

उनले बजेट कार्यान्वयन हुने कुनै सम्भावना नरहेको पनि बताए । ‘राजस्व परिचालनको दृष्टिले चालू आर्थिक वर्षमा जुन दर्दनाक अवस्था छ, आउने आर्थिक वर्षमा १२ खर्ब ४८ अर्बको राजस्व परिचालनको यसले अनुमान गरेको छ, न यसले प्रक्षेपण गरेको राजस्व परिचालन गर्न सक्छ, न यसले प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सक्छ । न यसमा खर्चका निम्ति जुन प्रस्ताव गरिएको छ, तदनुकुलको खर्च न प्रबन्ध गर्न सक्छ,’ उनले थपे । 

पटक-पटक अर्थमन्त्री रहिसकेका पौडेलले मुख्य गरी बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण पूरा हुने कुनै सम्भावना नरहेको ठोकुवा गरे ।