१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिलिङभन्दा ६३ अर्ब ठूलो बजेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:१८:oo

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट ल्याएको छ। 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । तर, सरकारले त्योभन्दा ठूलो अर्थात् १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन्। 

यो चालू आर्थिक वर्षकोभन्दा २.३७ प्रतिशत कम हो। चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो। आगामी आवको कुल बजेटमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ रहेको छ। त्यो कुल बजेटको १७.२५ प्रतिशत हो। 

चालू आवमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट रहेको छ, त्यो कुल बजेटको ६५.२० प्रतिशत हाे । यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ। 

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

ad
ad