मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगन थापाको माग सम्बोधन : प्रि-बजेट छलफल फागुन मसान्तभित्र हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १७:१२:oo

सरकारले आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसदमा पेस गर्ने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्याप्त छलफलका लागि समय मिलोस् भनेर यसो गरिने बताए।

बजेट आउने केही दिनअघि मात्र विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत हुँदै आएको छ। सांसद गगनकुमार थापाले केही दिनअघि सरकारलाई त्यस्तो समय सुधार गर्न सुझाव दिएका थिए। 

आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी हुने क्रममा सांसद थापाले ढोका थुनेर बजेट बनाउँदै गर्दा सिद्धान्त र प्राथमिकतामाथि सदनमा छलफल गर्नु कर्मकाण्डी मात्र भएको भन्दै फागुन महिनाभित्रै त्यस्तो छलफल गर्ने व्यवस्था गर्न र आएका सुझावलाई समेटेर मात्र बजेट ल्याउन आग्रह गरेका थिए।