मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Monday, 17 March, 2025
२o८o जेठ १५ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम कामको बढी मूल्यांकन गरी भुक्तानी गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १३:१३:oo

जुम्लाको तिला गाउँपालिका– १ स्थित नाग्मा पार्क उद्यान निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय र सबइन्जिनियर प्रेमबहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो।

त्यसैगरी अख्तियारले नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईंविरुद्ध पनि मुद्दा दायर गरेको छ। प्राविधिकसँगको मिलेमतोमा कम काम गरी कार्य सम्पादन मूल्यांकन पूरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरूको सहमतिमा बिल भर्पाई बनाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत भएको लागतअनुसार काम भने भएको छैन। स्थलगत नापजाँच गर्ने क्रममा थोरै काम गरेको भए तापनि बढी काम भएको प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार पारी कार्य सम्पन्न प्रतिवेदन बुझाई सोहीबमोजिम भुक्तानी पनि दिइएको छ।

सार्की, रोकाय र बस्नेतविरुद्ध पाँच लाख ४५ हजार चार सय १९ रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना असुलउपर गर्न तथा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध पनि पाँच लाख ४५ हजार चार सय १९ रुपैयाँ बिगो कायम गरी सजाय र बिगोबमोजिम जरिवाना मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।