
टीकापुर हत्याकाण्डमा तीन तहको अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले माफी दिएर जेलमुक्त गरेको छ । गणतन्त्र दिवसको अवसरमा उनलाई कैद सजाय माफी दिइएको हो । चौधरी सत्तारूढ दल नागरिक उन्मुक्तिका संरक्षक छन् ।
साढे पाँच वर्षदेखि डिल्लीबजार कारागार रहेका चौधरी सोमबार जेलमुक्त भएका हुन् । चौधरी जेलमुक्त हुँदा समर्थकले फूलमालासहित भव्य स्वागत गरेका थिए।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चौधरीसहित १९ जनालाई माफी दिएका छन् । यसबाहेक सात ज्येष्ठ नागरिकसहित चार सय ८२ कैदीको भुक्तान हुन बाँकी कैदसजाय पनि मिनाहा गरिएको छ ।