१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आर्थिक सर्वेक्षण : सेयरमा लगानी बढ्दो, बजार घट्दो 

एक वर्षमै सेयर बजार प्रवेश गर्नेको संख्या १९ प्रतिशतले बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

सेयर बजारमा लगानी गर्नेको संख्या पछिल्लो समय निकै बढेको पाइएको छ। आर्थिक सर्वेक्षण ०७९/८० अनुसार एक वर्षमा बजार प्रवेश गर्नेको संख्या कुल जनसंख्याको १९.४ प्रतिशतले बढेको छ।

०७८ असारसम्ममा ३७ लाख ८९ हजार डिम्याट खाता रहेकोमा ०७९ फागुनसम्म उक्त संख्या ५६ लाख ५४ हजार पुगेको छ। त्यस्तै, ०७८ असारमा करिब २८ लाख ५० हजारको संख्यामा रहेको मेरो सेयर खाताको संख्या ०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ।

त्यस्तै, ०७८ फागुन मसान्तमा ३७ खर्ब ८२ अर्ब ७९ करोड रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भई ०७९ फागुन मसान्तमा आइपुग्दा २८ अर्ब २३ अर्ब ६८ करोड कायम भएको छ। आर्थिक वर्ष ०७८/७९को फागुनसम्म १० खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आर्थिक वर्ष ०७९/८०को सोही अवधिमा ७१.८ प्रतिशतले कमी भई २ खर्ब ९७ अर्ब ४९ करोडको  कारोबार भएको आर्थिक सर्वेक्षणले देखाएको छ।

त्यस्तै, आर्थिक वर्ष ०७९/८० को फागुनसम्म प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोडबराबरको पुँजी परिचालन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणले देखाएको छ। जसमा साधारण सेयरको प्राथमिक निष्कासनमार्फत ५ अर्ब ७६ करोड, हकप्रद सेयर निष्कासनमार्फत ९५ करोड, ऋणपत्रमार्फत २७ अर्ब र म्युचुअल फन्डमार्फत ७ अर्ब ७५ करोड पुँजी परिचालन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्राथमिक बजारमार्फत २१ अर्ब ४५ करोड पुँजी परिचालन भएको छ। चालू आर्थिक वर्षको फागुनसम्म कुल पुँजी परिचालन ऋणपत्रको अंश करिब ६५  प्रतिशत रहेको छ। पछिल्लो समय ऋणपत्र निष्कासनमार्फत पुँजी संकलन गर्ने प्रवृत्ति बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ।

०७८ फागुन मसान्तमा नेप्से परिसूचक दुई हजार ६ सय ६८.१२ विन्दुमा रहेकोमा २६.८ प्रतिशतले कम भई ०७९ फागुन मसान्तमा एक हजार नौ सय ५३.०६ विन्दुमा रहेको थियो। ०८० जेठ १४ सम्म आइपुग्दा नेप्से सूचक एक हजार नाै सय ४१.७४ विन्दुमा कायम रहेको छ।