मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Sunday, 03 August, 2025
२o८o जेठ १४ आइतबार १६:४७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १६:४७:oo

आर्थिक वर्ष ०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थानले नाफा कमाएका छन्। १७ वटा संस्थान भने घाटामा गएका छन्। दुईवटा संस्थानको कारोबार शून्य रहेको छ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले यस्तो तथ्य देखाएको हो। यस आर्थिक वर्षमा पनि जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै छ। नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिन्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखानाको व्यावसायिक कारोबार नभएको अवस्था छ।

नेपाल रेल्वे कम्पनीले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन। व्यावसायिक कारोबार नभए पनि यी कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी व्यहोरिरहेका छन्। आर्थिक वर्ष ०७८/७९ मा नाफामा सञ्चालित २५ संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ।

समीक्षामा भनिएको छ, ‘विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट आर्थिक वर्ष ०७८–७९ मा पनि समग्र अर्थतन्त्र प्रभावित रह्यो। युक्रेनमा भएको युद्धको कारण अर्थतन्त्रमा प्रत्यक्ष एवं परोक्ष प्रभाव पर्न गयो। यसबाट सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको अवस्थ छ।’ 

यी हुन् नाफामा गएका संस्थानहरू :

  • उदयपुर सिमेन्ट
  • जनकपुर चुरोट कारखाना
  • कृषि सामग्री कम्पनी
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
  • नेपाल पारवहन तथा गोदाम व्यवस्था
  • नेपाल नागरिक उड्डयन प्राधिकरण
  • नेपाल पूर्वाधार निर्माण कम्पनी
  • साझा यातायात सहकारी संस्था
  • विशाल बजार कम्पनी
  • गोरखापत्र संस्थान
  • जनक शिक्षा सामग्री केन्द्र
  • नेपाल विद्युत् प्राधिकरण
  • नेपाल दूरसञ्चार कम्पनी
  • विद्युत् उत्पादन कम्पनी
  • राष्ट्रिय प्रसारण ग्रिड
  • कृषि विकास बैंक
  • राष्ट्रिय बिमा संस्थान
  • राष्ट्रिय बिमा कम्पनी
  • राष्ट्रिय वाणिज्य बैंक
  • निक्षेप तथा कर्जा सुरक्षण कोष
  • नेपाल स्टक एक्सचेन्ज
  • नागरिक लगानी कोष
  • हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी
  • नेपाल बैंक