मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १४ आइतबार ०८:०४:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १४ आइतबार ०८:०४:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई कसरी हेर्नुभएको छ ?
परिस्थिति विगतमा भन्दा बिल्कुलै फरक छ । इतिहासले थाती राखेका मनोमालिन्यको बोझासँगै बदलिँदो विश्व शक्ति सन्तुलनले थपेको उल्झन पनि छ । वर्तमान र भविष्यको आवश्यकतालाई पनि यो भ्रमणले सम्बोधन गर्नुपर्ने छ । यी सबै एजेन्डा एउटा भेटमा व्यवस्थापन हुन सक्दैनन् । तर, दुई देशबीच रित्तिँदै गएको विश्वासको सञ्चिति र समझदारीलाई भ्रमणले बढाउनुपर्छ  ।

भ्रमणको तयारीका क्रममा सकारले केकस्तो गृहकार्य गरेको पाउनुहुन्छ ?
प्रधानमन्त्री स्तरमा हुने भ्रमणका लागि दुई देशबीच पूर्वसंवाद, समझदारी र सहमतिको नुस्खा र विवरणको निर्क्योल तथा भविष्यका लागि दुई प्रधानमन्त्रीबीचको प्रत्यक्ष तथा पत्यारिलो सम्बन्धको आधार र विधि तयार पार्नु पूर्वतयारी हो । कुन योजना, कुन सहायताजस्ता तपसिलका विषयको बोझा प्रधानमन्त्रीको भ्रमणलाई बोकाउनु कमजोर कुटनीति हो । पाँच महिनादेखि भ्रमणको चर्चा भइरहे पनि नियमित कूटनीतिक स्तर सक्रिय भएको देखिएको छैन । यसैले, प्रधानमन्त्रीले एजेन्डाहरूको निक्कै गरुंगो भारी बोकेर दिल्ली जानुपर्ला जस्तो लागेको छ ।

यस भ्रमणमा नेपालका तर्फबाट केकस्ता एजेन्डा तय गरिनु उपयुक्त हुन्छ ?
प्रधानमन्त्रीले भनेजस्तै भ्रमणलाई ऐेतिहासिक बनाउने हो भने दुई देशबीच विश्वासलाई स्थापित गर्नुपर्छ । विश्वासको आधारमा पत्यार र समझदारी हुन्छ । दुई देशबीच विश्वासको सम्बन्ध बन्यो भन्ने सार्वजनिक गर्न इतिहासले छाडेका इस्युहरू सुल्झाउने भरपर्दो विधि र आधारमा सहमति बनाउनुपर्छ ।