१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Friday, 09 May, 2025
२o८o जेठ १३ शनिबार १६:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेन्डपम्पमा सोलार जडान गरेर वन्यजन्तुका लागि पानीकाे व्यवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १६:४o:oo

बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको छ। अत्यधिक गर्मी बढेसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल)को आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले पोखरीमा पानीको व्यवस्था गरेको हो।

पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए। उनले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताए। ‘सुक्खायाम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेन्डपम्पमार्फत पानीको व्यवस्था गरेका छौँ,’ उनले भने।

निकुञ्जभित्र विद्युतको व्यवस्था नभएकाले सोलार सिस्टमको सहयोगमा हेन्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको उनले बताए । प्राकृतिक पोखरीमा पानी सुक्न नदिन विभिन्न ठाउँमा हेन्डपम्म जडान गरिको उनको भनाइ छ। ‘प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरी ड्याम बनाएर बग्ने पानीलाई संग्रह गरिएको छ,’ प्रमुख संरक्षण अधिकृत साहले भने, ‘पानीको अभाव हुन नदिने विभिन्न उपाय अवलम्बन गरिएको छ। पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइलो माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ। कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको छ।’

तालका सह–निर्देशक कमलराज राईले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकताअनुसार सहयोग गर्दै आएको बताए। उनका अनुसार गत वर्ष तीन र यस वर्ष दुईवटा पोखरीमा पानीको काम भइरहेको छ। ‘हेर्दाखेरी थोरै पैसाका साना–साना काम भएजस्तो देखिन्छ, तर यी संरचना वन्यजन्तुका लागि महत्वपूर्ण साबित भएका छन्। पानी नपाएर काकाकुल भएका वन्यजन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको छ,’ उनले भने।