१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई माओवादीको जवाफ– संसदमा आफ्ना कुरा राख्न पाइन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१९:oo

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरू उठान गर्न पाइने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधबारको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि समय माग गरी बोल्दै पाण्डेले यस्तो जवाफ दिएका हुन्। संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषयवस्तु उठाउन नहुने उनको भनाइ छ।

‘हामी यो संसदमा छौँ, संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा गरिरहेका छौँ। हामीले यही संसद्लाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ। त्यहीअनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद् हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ। आफ्ना आफ्ना कुरा राख्न मिल्छन्। यसलाई व्यवस्थित रूपमा लगियोस्। यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरूलाई छानबिन गर्नुपर्छ,’ उनले भने।