१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० जेठ १२ शुक्रबार ०६:५७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ १२ शुक्रबार ०६:५७:००

 सिथी नख पर्व भनेको के हो ?
सिथी शब्द षष्ठीको अपभ्रंश भई बनेको हो । जेष्ठ शुक्ल षष्ठी तिथिका दिन मनाइने पर्व भएकाले यसलाई सिथी नख भनिएको हो । यो लिच्छवी कालदेखिकै परम्परा हो । यस दिन उपत्यकाभित्रका नेवार समुदायका घरघरमा ६ किसिमका बारा (वः) पकाइन्छ । बिहे भइसकेका छोरीचेलीलाई बोलाएर यो बारा खुवाइन्छ । बारा खाएपछि खेतीको समयमा माइत आएर कृषिकर्ममा सघाउने छोरीचेलीलाई किराहरूले टोके पनि त्यसको असर पर्दैन भन्ने विश्वास छ । यस दिन मूल ढोकाअगाडि घरको रक्षकका रूपमा कुमार (पिखा लखु) को पूजा गरिन्छ । यस दिनदेखि धर्मशास्त्रअनुसार वर्षा सुरु हुने विश्वास गरिन्छ । यसै दिनदेखि रोपाइँको काम पनि सुरु हुने चलन छ । 

 यस पर्वमा के के गर्ने चलन छ ?
खासगरी यस दिन काठमाडौं उपत्यकाभित्र रहेका पानीको भण्डारण हुने इनार, पोखरी, ढुंगेधारा आदिको सरसफाइ गरिन्छ । सफा गरिसकेपछि समयबजी खाने चलन छ । सफा गरिएको इनार या पोखरीअगाडि त्रिखुट्टीमाथि हावाले चल्ने कागजको पंखा राखिन्छ । यसले पोखरी या इनारको सरसफाइ गरिसकिएको र त्यसलाई पाँच दिनसम्म चलाउन नहुने संकेत गर्छ । यस क्रममा पानीको प्रतीकका रूपमा नागदेवताको पूजा गरिन्छ । 

 नयाँ पुस्तामा यस्ता पर्वको प्रभाव कस्तो परेको पाइन्छ ?
अहिले इनार, पोखरी आदिको प्रयोग कम हुँदै गएको छ । तर, यस्ता इनार, पोखरी सफा गर्न कतिपय स्थानमा गुठीकै व्यवस्था पनि भएको हुनाले नयाँ पुस्तामा पनि यो परम्पराप्रति मायामोह देखिन्छ । गुठी रहुन्जेल यो परम्परा पनि कायम रहन्छ ।