मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ ११ बिहीबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनवलमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०८० जेठ ११ बिहीबार १६:१४:००

पश्चिम नवलपरासीको सुनवलमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका-१ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको हो।

आज परेको वर्षका कारण डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ सवारीसाधन अलपत्र परेका छन्।

बुटवल-नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नायब उपरीक्षक  भोजराज पाण्डेले  जानकारी दिए।

सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र मर्मतको काम हुने  उनले बताए।

अझै दुई घण्टा बाटो खुल्न समय लाग्न सक्ने प्रहरीले जनाएको छ। डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।