१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटकाे करुनियामा ज्येष्ठ नागरिकको गोली हानी हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

देवाही गोनाही नगरपालिका– १ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ।

पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गए वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुन सकेको छैन। तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।

उनको शव प्रादेशिक अस्पताल गौरमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको र परीक्षणको रिपाेर्ट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए। रासस