Skip This
ग्यासको सुरक्षित प्रयोग 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ११ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ग्यासको सुरक्षित प्रयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १o:२३:oo

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न । त्यसैले ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।

- चुलोमा जडान भएको ग्यासचुलो नियमित रूपमा सरसफाइ तथा आवश्यकताअनुसार मर्मत गर्नुपर्छ । 
- नेपाल गुणस्तर चिह्न प्राप्त रेगुलेटर र ग्यासपाइप मात्रै प्रयोग गर्नुपर्छ ।
-  ग्यासपाइप बढीमा १.५ मिटरभन्दा लामो हुनुहुँदैन ।
- बाहिरी भाग कडा र पाइपको बिचमा तार भएको प्रयोग गर्नुपर्छ ।
- खाना पकाउँदा आगोले चाँडै टिप्ने खालको कपडा लगाउनु हुँदैन ।
- सकेसम्म शरीर पूरै ढाकिने कपडा लगाएर खाना पकाउनुपर्छ ।
- सकेसम्म खाना पकाउँदा सुरक्षाका लागि एप्रोनको प्रयोग गर्नुपर्छ ।
- ग्यासमा पानी पर्न दिनुहुँदैन । 
- ग्यास लिक भएको पाइएमा बिजुलीका स्विच अन–अफ गर्नुहुँदैन ।
- ग्यास लिक भएको अवस्थामा झ्याल–ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्छ ।