१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आभार व्यक्त गर्दै चन्द्र भण्डारीले भने- साैभाग्यले बाँचेर आएँ [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले सौभाग्य बाँचेर आएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको बहसमा भाग लिँदै उनले यो अवस्थामा ल्याएर बोल्ने बनाउने सरकार, सांसद, चिकित्सक सबैप्रति आधार व्यक्त गरे। 

उनले देशमा जलनका केस धेरै हुने भएकाले सरकारलाई छुट्टै अस्पताल बनाउन आग्रह गरे। उनले हाम्रा चिकित्सक कसैभन्दा कम नभएको बताउँदै उनले नेपालका डाक्टर सबैभन्दा बढी कम्पिटेन्स रहेको दाबी गरे। 

साथै उनले ग्यास, रेगुलेटर, बिजुली कसरी सुरक्षित प्रयोग भन्ने भन्ने विषयमा पाठ्यपुस्तक समावेश गर्न माग गरे। साथै उनले सरकारले आफ्नो उपचारमाथि गरेको खर्च अस्पताल निर्माणमा लगाउन आग्रह गरे। 

गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगलागीमा परी उनी गम्भीर घाइते भएका थिए। भारतको मुम्बईस्थित नेसनल बर्न्स अस्पतालमा साढे दुई महिनाको उपचारपछि भण्डारी बैशाख १७ गते स्वदेश फर्किएका थिए। कीर्तिपुरमा उपचारपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो।