१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० जेठ १० बुधबार ०८:१७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री स्टारमाथि पुलिस हाबी

Read Time : < 1 मिनेट
२०८० जेठ १० बुधबार ०८:१७:००

विभागीय क्लब नेपाल पुलिसले मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पूर्वविजेता थ्री स्टारमाथि १–० को कठिन जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा पुलिसलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा विदेशी खेलाडी अहमद हिजाजीले निर्णायक एक मात्र गोल गरेका थिए । खेलको २८औँ मिनेटमा हिजाजीले डिबक्सभित्रबाट सहजै गोल गरे । खेलमा थप गोल नहुँदा हिजाजीकै गोल निर्णायक बन्यो । 

महत्वपूर्ण जितसँगै पुलिस आठौँ स्थानमा उक्लेको छ । पुलिसले २० खेलबाट २५ अंक जोडेको छ । थ्री स्टारले समान खेलबाट २६ अंक बटुलेको छ । थ्री स्टार छैटौँ स्थानमा यथावत् छ । थ्री स्टार पछिल्ला नौ खेलमा स्पष्ट जित निकाल्न सकेको छैन । यसक्रममा थ्री स्टारले चार हार र पाँच बराबरीको नतिजा निकालेको छ । थ्री स्टार र शीर्ष स्थानमा रहेको चर्च ब्वाइज क्लबबीच ११ अंकको फरक रहेको छ । 

लिगको शीर्ष स्थानमा पहिलोपटक माथिल्लो डिभिजन खेलिरहेको चर्च ब्वाइजले ३७ अंक जोडेको छ । चर्च ब्वाइजले १० जित, सात बराबर र तीन खेलमा हारको सामना गरेको छ । साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले चर्च ब्वाइजलाई पछ्याइरहेको छ । मच्छिन्द्रले २० खेलबाट ३४ अंक बटुलेको छ । मच्छिन्द्रले शीर्ष स्थानमा तीन अंक छोट्याएको छ । तेस्रो स्थानमा जावलाखेल युथ क्लब छ । जावलाखेलले ३३ अंक जोडेको छ । 

यसैगरी, दशरथ रंशगालामा पुछारमा रहेको खुमलटार क्लबले सातदोबाटो युथलाई १–० ले स्तब्ध पारेको छ । खुमलटारको जितमा पहिलो हाफमा मेसुके ओलोमोउले एक मात्र गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा खुमलटारलाई १–० को अग्रता दिलाए । जितपछि पनि पुछारमा रहेको खुमलटारले १३औँ स्थानमा रह्यो । खुमलटारले फ्रेन्ड्ससँग अंक बराबरी गरेको छ ।