१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ९ मंगलबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखियो : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १४:२२:oo

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले माओवादी नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको टिप्पणी गरेका छन्।

मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयतालाई सबल गर्ने ठोस कार्यक्रम नदेखिएको भन्दै ‘संघीयता’ शब्दसमेत तीनपटक मात्रै उल्लेख गरिएको बताए।

‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयताविरोधी देखिएको छ,’ उनले भने, बुँदा नम्बर १९ मा के मात्रै  लेखिएको छ भने– वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयताका बारेमा ल्याएको छैन।’

सांसद राउतले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए।