१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नवलपरासी
२o८o जेठ ८ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय वन ऐन निर्माणको माग गर्दै कावासोतीमा सरोकारवालाले बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १८:२o:oo

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले ज्ञापनपत्र बुझाएका छन्।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, ग्रlन फाउन्डेसनलगायतको टोलीले सोमबार नगर प्रमुख विष्णु भुसाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने वन क्षेत्रका लागि सुझावहरूसमेत पेस गरिएको छ।

समृद्धिका लागि वनको दिगो व्यवस्थापन, कोभिडबाट प्रभावित स्थानीय समुदायको उत्थान, स्थानीय समुदाय, आदिवासी जनजातिहरूको हकहितलाई सुनिश्चित गर्ने गरी स्थानीय वन नीति, कानुन निर्माण र समयानुकूल परिमार्जन गर्न सुझाव दिइएको छ।

त्यसैगरी सामुदायिक वन उपभोक्ता समूहलगायतका समुदायमा आधारित वन व्यवस्थापन समूह, निजी वन दर्ता, सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कार्य गर्न भनिएको छ। नगर प्रमुख भुसालले कावासोतीमा स्थानीय वन ऐन बनाउन बाँकी रहेको उल्लेख गर्दै सरोकारवालासँग छलफल गरी छिट्टै वन ऐन तथा कानुन निर्माण गर्ने बताए।