जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।

संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो। पार्टीको संसदीय दलको विधान, २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएका हुन्।

यसअघि रामसहायप्रसाद यादव संसदीय दलको नेता थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो।

सुझावित समाचार