१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका पशुमा फैलियो लम्पी स्किन रोग

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

मन्थली नगरपालिकाका १४ वटै वडाका किसानहरूले पालेका गाई तथा भैँसीमा लम्पी स्किन रोगको संक्रमण देखा परेको छ। सबैभन्दा बढी मन्थली नगरपालिका–६ भलुवाजोरमा यो रोग बढी फैलिएको छ।

हाल भलुवाजोरको कुबिन्डे, हुलाक डाँडा, बेतिनी, सिमपानीलगायतका स्थानमा यो रोग फैलिएको र रोगग्रस्त क्षेत्रमा नियमित उपचार कार्य भइरहेको मन्थली नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिए।

‘यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुन्छ,’ उनले भने। लम्पी स्किन रोग लागेका गाई-भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखिने प्रमुख खड्काले जानकारी दिए।

मन्थली नगरपालिकाको १४ वटै वडामा गरी १५ हजारको हाराहारीमा गाई-भैँसी किसानले पालन गर्दै आएका छन्। ‘पशु चौपायामा लागेको यो रोगको रोकथामको उपाय भनेको खोप नै हो। यो खोप नेपालमा सहजै उपलब्ध छैन। खोपले काम गर्न पनि करिब तीन हप्ता लाग्छ,’ उनले बताए।

खोप लगाएर पनि ठीक नहुने सम्भावनासमेत रहने पशुविज्ञहरू बताउँछन्। यस रोगको प्रभावकारी उपचार नहुने हुँदा रोगी पशुहरूलाई बथानबाट अलग्गै राख्ने, किर्ना लामखुट्टेजस्ता परजीवी निराकरण गर्ने, जैविक सुरक्षाको विधि कडाइका साथ पालना गर्ने कुरामा ध्यान दिनुपर्छ।