१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

योगेशलाई देवेन्द्रको जवाफ- मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका छन्।  

त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाए। 

भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरूले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे। उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोश पल्टाएर हेर्न पनि आग्रह गरे। 

उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनका निम्ति र संविधानसभाबाट संविधान बनाउनका निम्ति लडेको उल्लेख गर्दै आफू हजारपटक आँखा जुधाएर बहस गर्न तयार रहेको बताए। 

उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे। उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे। 

उनले भने, 'माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला। मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरूले लडेकाे युद्ध थियो । बिर्सिनुभयो बृहत् शान्ति सम्झौता? तपाईंको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो? हामी त्यही श्रृङ्खलामा छौँ। त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनका निम्ति, संविधानसभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो । म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला। नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो। हामी सबैपछि सहकार्य गर्‍यौँ। जनआन्दोलनमा आयौँ। सलाम छ। तर, इतिहासलाई नबिर्सौँ। रोस्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ। माननीयज्यूहरू धनगढीमा अहिले चलिरहेको छ नागरिक अभिनन्दन । राजतन्त्र फर्काउने कुरा। त्यहाँ गएर बहस गर्नुस् । हामी यहाँ सहकार्य गर्न तयार छौँ। आजको इतिहास सबैले मिलेर ल्याएको गणतन्त्रलाई जोगाएर अगाडि बढ्ने इतिहास हो । विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ।’

उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रूपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए। उनले नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको दाबी गरे।