१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढानीलकण्ठ दुर्घटना : उच्चले उल्टायो जिल्लाको फैसला, पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

बुढानीलकण्ठमा भएको कार दुर्घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले आइतबार मल्ललाई चार वर्ष कैद र ४० हजार जरिवाना सजाय सुनाएको हो। १९ वैशाखमा कसुर पुष्टि भएको उक्त घटनाको मुद्दामा आज सजाय निर्धारण भएको उच्च अदालत पाटनकी उपरजिस्ट्रार मन्दिरा शाहीले जानकारी दिइन्।

जिल्ला अदालतले यान्त्रिक गडबडी भनेर ६ महिना कैद सुनाएकोमा उच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १६१ (२) अनुसार लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको फैसला गरेको हो।

२०७६ मंसिर २८ गते २२ वर्षीय मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारले फुटपाथमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिँदा उनको ज्यान गएको थियो। मल्लले विनालाइसेन्स मदिरासमेत सेवन गरेर सवारी चलाउँदा दुर्घटना भई व्यक्तिको ज्यान गएको सरकारी वकिलको दाबीलाई जिल्ला अदालतले यान्त्रिक गडबडी भनेर न्यून सजाय तोकेको थियो।

उक्त फैसलाविरुद्ध ७ असोज २०७९ मा सरकार र १७ कात्तिक २०७९ मा प्रतिवादी मल्ल पुनरावेदनका लागि पाटन उच्च अदालत गएका थिए।


याे पनि : गम्भीर सवारी दुर्घटना गराउनेलाई समेत अदालतबाट न्यूनतम सजाय