१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ। आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर एक हजार ८८३.२० विन्दुमा पुगेको छ।

सेन्सेटिभ इन्डेक्स ०.१४, फ्लोट इन्डेक्स ०.२८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अंकले बढेको छ। कारोबारमा आएका दुई सय ७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता सेयर एक अर्ब ६० करोड चार लाख ९२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। गत बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये आइतबार नाै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बिमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटेल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ भने वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ।

नेप्से बढेसँगै आइतबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको हो। तर, आदर्श लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशतले घटेको छ।